
झापा, माघ ६ :
कोसी प्रदेशका पूर्वमुख्यमन्त्री तथा नेपाली कांग्रेस कोसी प्रदेश संसदीय दलका नेता उद्धव थापामाथि आक्रमण भएको छ ।
नेपाल प्रेस युनियन झापाले आज (शनिबार) दोमुखामा आयोजना गरेको वार्षिक साधारणसभाबाट बा.१झ ६५३ नम्बरको गाडीमा फर्किँदै गर्दा उनीमाथि कनकाई नगरपालिकाको जुकेखाडीनजिक आक्रमण भएको हो ।
कुटपिटबाट पूर्वमुख्यमन्त्री थापा घाइते भएका छन् । उनको आँखालगायत शरिरका अन्य भागमा चोट लागेको छ । उनलाई उपचारका लागि बिर्तासिटी अस्पतालमा भर्ना गरिएको छ ।
बा.१ज १८७० नम्बरको गाडीमा आएका व्यक्तिहरुले थापामाथि आक्रमण गरेको बताइएको छ । कुटपिटमा संलग्न केही व्यक्तिलाई प्रहरीले पक्राउ गरेको जनाएको छ ।
गाडी ओभरटेक गर्ने क्रममा विवाद भएको थियो ।