गोवा, माघ ७ :

भारतको गोवामा प्याराग्लाइडिङ दुर्घटना हुँदा एक नेपाली पाइलटसहित दुई जनाको मृत्यु भएको छ । शनिबार भएको यो दुर्घटनामा २६ वर्षीय प्याराग्लाइडिङका पाइलट सुमन नेपाली र पुणे निवासी २७ वर्षीया शिवानीको मृत्यु भएको भारतीय संचार माध्यमहरुले जनाएका छन् । 

मृतक नेपालीको ठेगाना भने खुलाइएको छैन ।सुरक्षा नियम बेवास्ता र अनुमतिबिना प्याराग्लाइडिङ उडाएको कारण दुर्घटना भएको प्रहरीले जनाएको छ ।प्रहरीले यस मामिलामा एफआइआर दर्ता गरी प्याराग्लाइडिङ कम्पनीका मालिक शेखर राईजादालाई पक्राउ गरेको छ ।