काठमाडौं, माघ ७ :

 प्रथम खो खो विश्वकप प्रतियोगितामा नेपालको पुरुष र महिला दुबै टोली उपविजेता बनेको छ ।  

नयाँ दिल्लीस्थित इन्दिरा गान्धी इन्डोर हलमा आइतबार भएको फाइनलमा घरेलु टोली भारतसँग पराजित भएसँगै नेपाल उपविजेतामा सीमित बनेको हो ।   विश्वकपको दुबै उपाधि भारतले जितेको छ ।नेपाल आयोजक भारतसँग फाइनलमा पराजित भएको हो ।

पुरूषतर्फ नेपाल  भारतसँग ५४–३६ अङ्कले पराजित हुँदा महिलातर्फको फाइनल खेलमा पनि नेपाल भारतसँग नै ७८–४० अङ्कले पराजित भएको थियो । 

महिलातर्फ नेपाल र भारत दुवै अपराजित रहँदै फाइनल पुगेका थिए ।