आइतबार, ८ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
राजनीति प्रदेश कोसी प्रदेश

कोशी प्रदेशको हिउँदे अधिवेशन आजबाट, यस्ता छन् बैठकका कार्यसूची

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · सोमबार, ८ माघ, २०८१ मा प्रकाशित
कोशी प्रदेशको हिउँदे अधिवेशन आजबाट, यस्ता छन् बैठकका कार्यसूची
विराटनगर, माघ ८ :

कोशी प्रदेशको हिउँदे अधिवेशन आजबाट सुरु हुँदैछ । 

दिउँसो २ बजे प्रदेशसभाको छैटौँ तथा हिउँदे अधिवेशन सुरु हुने छ । गत असोज ४ गते कोशी प्रदेशको पाँचौँ अधिवेशन अन्त्य भएको थियो ।

आजको बैठकका लागि कार्यसूचीमा पाँच वटा विषयहरू छन् । सभामुखले प्रदेश प्रमुखको कार्यालयबाट प्राप्त पत्र वाचन गर्नेछन् ।

त्यसपछि केही प्रदेश ऐनलाई संशोधन गर्न बनेको अध्यादेश २०८१ पेश हुनेछ । सभामुखबाट जारी भएको बाधा अड्काउ फुकाउने आदेश अनुमोदनका लागि पेश गर्ने पनि कार्यसूची छ ।

मुख्य न्यायाधीवक्ताको काम कर्तव्य अधिकार र सेवाको शर्त सम्बन्धी ऐन २०७५ लाई संशोधन गर्न बनेको विधेयक टेबल हुनेछ ।

अधिवेशन सुरु भएको पहिलो दिन भएकाले प्रदेशसभामा प्रतिनिधित्व गर्ने दलका शीर्ष नेताहरूले आफ्नो मन्तव्य राख्ने कार्यसूची पनि रहेको प्रदेशसभा सचिवालयले जनाएको छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार