धनकुटा, कात्तिक ८ :
सप्तकोशी नदीमा जेटबोट दुर्घटना हुँदा तीन जनाको मृ*त्यु भएको छ भने एक जना घाइते भएका छन्। भोजपुरबाट चतरा आउँदै गरेको जेटबोटको इन्जिन फेल भएपछि दुर्घटना भएको हो।
जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रमुख नारायण रञ्जितकारका अनुसार दुर्घटनामा एक बालिका, एक महिला र एक पुरुषको मृत्यु भएको छ। मृतकहरूको पहिचान खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ।
रञ्जितकारका अनुसार अरुण र दूधकोशी नदीको त्रिवेणी क्षेत्रनजिकै जेटबोटको इन्जिन फेल भएको थियो। दुर्घटनाग्रस्त जेटबोटमा १६ जना सवार रहेको बताइएको छ।
प्रहरीका अनुसार पाँच जना सकुशल घर फर्किसकेका छन् भने घाइते एक जनाको चतरा अस्पतालमा उपचार भइरहेको छ। जेटबोटका चालकलाई सुनसरी प्रहरीले नियन्त्रणमा लिएको छ।