बुधबार, ११ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
समाचार

त्रिपाठीलाई कुटेको आरोपमा एक महिलासहित ३ जना पक्राउ

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · सोमबार, ८ माघ, २०८१ मा प्रकाशित
त्रिपाठीलाई कुटेको आरोपमा एक महिलासहित ३ जना पक्राउ
काठमाडौं, माघ ८ :

वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीलाई कुटपिट गरेको आरोपमा प्रहरीले एक महिलालाई पक्राउ गरेको छ।

 प्रहरीले काठमाडौंको शान्तीनगर बस्ने ५५ वर्षकी शितल राईलाई पक्राउ गरेको हो। प्रहरीले यसअघि दुई जनालाई पक्राउ गरिसकेको छ। पक्राउ परेका व्यक्तिमाथि सिंहदरबार वृत्तबाट अनुसन्धान गरिरहेको छ।  

माघ २ गते त्रिपाठीमाथी अदालत परिसरमै कुटपिट भएको थियो। स्वर्णलक्ष्मी सहकारी ठगीको मुद्दामा जाहेरवालाको तर्फबाट बहस गरेर निस्किएका वरिष्ठ अधिवक्ता त्रिपाठीमाथि प्रहरीकै अगाडि कुटपिट भएको थियो ।

फरार अन्य व्यक्तिहरुको खोजतलास भइरहेको प्रहरीले जनाएको छ। सो घटनाको नेपाल बार एसोसिएसन, विभिन्न राजनीतिक दलले भत्सर्ना र निन्दा गरेका छन् ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार