बिहीबार, १२ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#पोखरा स्कुल बस दुर्घटना#सुदूरपश्चिम रोयल्सको जित#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल #पोखरा स्कुल बस दुर्घटना#सुदूरपश्चिम रोयल्सको जित#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल
समाचार

चितवनमा युवकलाई निर्घात कुटपिट गर्ने असई भुजेल निलम्बित

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · सोमबार, ८ माघ, २०८१ मा प्रकाशित
चितवनमा युवकलाई निर्घात कुटपिट गर्ने असई भुजेल निलम्बित
काठमाडौं, माघ ८ :

चितवनको भरतपुर बाइपास रोडमा एक युवकमाथि निर्घात कुटपिट गर्ने प्रहरी सहायक निरीक्षक (असई) लाई निलम्बन गरिएको छ ।

भिडिओ सार्वजनिक भएपछि छानबिन गरेर घटनामा संलग्न अस्थायी प्रहरी बिट गणेशस्थान भरतपुरमा कार्यरत असई बुद्धिबहादुर घर्ती भुजेललाई निलम्बन गरिएको जनाइएको छ । 

घटनाको छानबिन गर्न आज (सोमबार) बिहान मात्रै जिल्ला प्रहरी कार्यालय चितवनका डीएसपी ज्ञानकुमार महतोको  नेतृत्वमा समिति बनाइएको छ । उक्त समितिले घटनाबारे छानबिन गरिरहेको छ ।

सामाजिक सञ्जालमा सार्वजनिक भएको भिडिओमा सवारी चेकजाँच गर्ने क्रममा सेतो सर्ट र कालो पाइन्ट लगाएका ती युवकमाथि ड्युटीमा खटिएका प्रहरीले लखेटी-लखेटी लात्ती प्रहार गरेको देखिन्छ । घटना पुस १५ गते राति १०:१० बजे भएको थियो । 
 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार