काठमाडौं, माघ ८ :

निलम्बनमा परेका दक्षिण कोरियाका राष्ट्रपति युन सुक योललाई थप २० दिन हिरासत राखिने भएको छ। 

सियोलको एक अदालतले योललाई थप २० दिनसम्म हिरासतमा राख्न अनुमति दिएको हो । राष्ट्रपति योललाई गत बुधबार पक्राउ गरिएको थियो।

उनीविरुद्ध संसद्‌बाट महाभियोग प्रस्ताव पारित गरी पदबाट निलम्बन गरिएको हो । युनलाई अब राष्ट्रपतिमा राख्ने कि नराख्ने भन्ने निर्णय गर्न संवैधानिक अदालतले महाभियोगको सुनुवाइ गरिरहेको छ।