शनिबार, ७ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
समाचार स्वास्थ्य

डेंगु सङ्क्रमणबाट थप एक जनाको मृत्यु

· मंगलबार, ३० साउन, २०८१ मा प्रकाशित
डेंगु सङ्क्रमणबाट थप एक जनाको मृत्यु
काठमाडौँ, साउन ३० :

डेंगु सङ्क्रमणबाट थप एक जनाको मृत्यु भएको छ । योसँगै डेंगु सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या दुई पुगेको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) ले जनाएको छ ।

ईडीसीडीले सोमबार सार्वजनिक गरेको तथ्याङ्क अनुसार देशका ७३ जिल्लामा डेंगु सङ्क्रमण फैलिएको छ  भने तीन दिनको फरकमा २५५ जना थप सङ्क्रमित पुष्टि भएको छ ।

तथ्याङ्क अनुसार कोशी प्रदेशमा सबै भन्दा बढी ५८२ जना सङ्क्रमित रहेका छन् । यस्तै, सबैभन्दा थोरै कर्णाली प्रदेशमा ४७ जना डेंगु सङ्क्रमित रहेको ईडीसीडीले जनाएको छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार