शनिबार, ७ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
समाचार स्वास्थ्य

ललितपुरका ३८ जनामा हैजा संक्रमण, देशभर कति पुग्यो ? 

· मंगलबार, ३० साउन, २०८१ मा प्रकाशित
Teku-hospital
काठमाडौँ, साउन ३० :

देशका विभिन्न जिल्लामा हैजा संक्रमितको सङ्ख्या ५० पुगेको छ ।

ललितपुर, काठमाडौँ, कैलाली र प्युठानमा हैजा सङ्क्रमण पुष्टि भएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) ले जनाएको छ ।  

जसमध्ये ललितपुरमा ३८, कैलालीमा ८, काठमाडौँमा २ र प्युठानका २ जनामा हैजाको सङ्क्रमण पुष्टि भएको हो ।

दूषित पानीकै कारण हैजाको सङ्क्रमण बढ्ने भएकाले खानेपानीको शुद्धतामा ध्यान दिन महाशाखाले आग्रह गरेको छ ।
 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार