काठमाडौँ, माघ ९ :

बागमती प्रदेश धनगढीमा जारी प्रधानमन्त्री कप टी- २० महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको सुपर फोरमा प्रवेश गरेको छ ।

आज सम्पन्न दोस्रो खेलमा मधेस प्रदेशलाई ७ विकेटले हराएर समूह बी को उपविजेताको रूपमा बागमती सुपर फोरमा पुगेको हो ।

जितका लागि पाएको ४१ रनको लक्ष्य बागमतीले ६ दशमलव ४ ओभरमा ३ विकेटको क्षतिमा पूरा गर्यो । जसमा यसु पाण्डेले सर्वाधिक १९ रन जोडिन् ।

समूह बी मा रहेको कोशी र मधेस भने प्रतियोगिताबाट बाहिरिसकेका छन् । उता समूह ए बाट एपिएफ विजेता र सुदूरपश्चिम उपविजेता भएर सुपर ४ मा सुरक्षित भइसकेका छन् । माघ १ गतेदेखि सुरु भएको प्रतियोगितामा १२ गते सम्पन्न हुनेछ ।

प्रतियोगिताको उपाधि जित्नेले पाँच लाख, दोस्रो हुनेले  तीन लाख, प्लेयर अफ द सिरिजलाई रू ५० हजार, बेस्ट ब्याटरबेस्ट बलरलाई रू २५/ २५ हजार पुरस्कार दिइनेछ ।