मंगलबार, १० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#लुम्बिनी लायन्स#विजयी सुरुआत#नेपाल आयल निगम#एनपीएल तेस्रो सिजन#सुदूरपश्चिम रोयल्स#खराब सुरुवात#पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी#भक्तपुरका बाटोबाटोमा धान#स्कार्पियो दुर्घटना#कालिगण्डकी करिडोर#दोबा पुल#विपद्का घटना#प्रधानमन्त्री बालेन शाह#एनपीएलको उद्घाटन#सभापति गगनकुमार थापा #लुम्बिनी लायन्स#विजयी सुरुआत#नेपाल आयल निगम#एनपीएल तेस्रो सिजन#सुदूरपश्चिम रोयल्स#खराब सुरुवात#पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी#भक्तपुरका बाटोबाटोमा धान#स्कार्पियो दुर्घटना#कालिगण्डकी करिडोर#दोबा पुल#विपद्का घटना#प्रधानमन्त्री बालेन शाह#एनपीएलको उद्घाटन#सभापति गगनकुमार थापा
स्वास्थ्य

तनहुँका १४ हजार बढी छात्रालाई एचपिभी खोप लगाइने 

· बुधबार, १० माघ, २०८१ मा प्रकाशित
तनहुँका १४ हजार बढी छात्रालाई एचपिभी खोप लगाइने 
तनहुँ, माघ १० :

जिल्लाका १४ हजार बढी छात्रालाई पाठेघरको मुखको क्यान्सरविरुद्धको एचपिभी खोप लगाइने भएको छ । 

जिल्लास्थित दशवटै स्थानीय तहका विद्यालयमा अध्ययनरत १४ हजार हजार दुई सय ७८ छात्रालाई एचपिभी खोप लगाउन लागिएको हो ।

एचपिभी खोप अभियान यही माघ २२ देखि ३० गतेसम्म सञ्चालन हुने स्वास्थ्य कार्यालयका प्रमुख शङ्करबाबु अधिकारीले जानकारी दिए । 

पहिलो चरणमा माघ २२ देखि २५ गतेसम्म व्यास नगरपालिका, भानु नगरपालिका, देवघाट, बन्दीपुर र आँबुखैरेनी गाउँपालिकामा अभियान सञ्चालन गरिने छ भने दोस्रो चरणमा माघ २७  देखि ३० गतेसम्म शुक्लागण्डकी नगरपालिका, भिमाद नगरपालिका, म्याग्दे, ऋषिङ र घिरिङ गाउँपालिकामा खोप अभियान सञ्चालन हुनेछ । 

कार्यालय  प्रमुख अधिकारीका अनुसार विद्यालय जाने कक्षा ६ देखि १० सम्मका १४ हजार ७८ र विद्यालय नजाने दुई सय गरी १४ हजार दुई सय ७८ छात्रालाई खोप लगाइनेछ ।

भानु नगरपालिकाका एक हजार चार सय ९५, व्यास नगरपालिकाका तीन हजार आठ सय ५५, देवघाट गाउँपालिकाका छ सय ५७, बन्दीपुर गाउँपालिकाका नौ सय ३९, आँबुखैरेनी गाउँपालिकाका एक हजार दुई सय ३६, म्याग्दे गाउँपालिकाका सात सय ६६, शुक्लागण्डकी नगरपालिकाका दुई हजार सात सय छ, भिमाद नगरपालिकाका एक हजार दुई सय ७७, घिरिङ गाउँपालिकाका पाँच सय ८० र ऋषिङ गाउँपालिकाका सात सय ८७ जनामा खोप लगाइनेछ । 
 
हरेक विद्यालयमा खोप केन्द्र सञ्चालन गरी कक्षा ६ देखि १० सम्मका सबै छात्रा र विद्यालय नजाने १० देखि १४ वर्षसम्मका किशोरीलाई एचपिभी खोप प्रदान गरिनेछ । 

विद्यालय नभएका गाउँ, टोल र पिछडिएका समुदायको पहुँचका लागि थप खोप केन्द्रबाट एचपिभी खोप अभियान सञ्चालन गरिने अधिकारीले बताए। 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार