शनिबार, ७ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
राजनीति कोसी प्रदेश

सरकारले ल्याएको अध्यादेशप्रति कोइरालाको असन्तुष्टि

पार्टीको १५ औं महाधिवेशन समयभित्र हुनुपर्नेमा जोड
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बुधबार, १० माघ, २०८१ मा प्रकाशित
सरकारले ल्याएको अध्यादेशप्रति कोइरालाको असन्तुष्टि
विराटनगर, माघ १० :

 नेपाली कांग्रेसका वरिष्ठ नेता डा.शेखर कोइरालाले सरकारले ल्याएको अध्यादेशको विषयमा असन्तुष्टि व्यक्त गरेका छन् ।

नपाल प्रेस युनियन मोरङले बुधबार विराटनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा नेता कोइरालाले अध्यादेशबाट मुलुक चलाउनुलाई निरंकुशताको एक चरण भएको टिप्पणी गरे ।

‘माघ १८ गते संसद बोलाउनु थियो त त्यहीबेला अध्यादेश ल्याएको भए हुन्थ्यो नि किन एक साता अघि हतार हतार गरेर अध्यादेश ल्याउनु पर्‍यो,उनले भने।’ अहिले विषयबस्तु अनुसार ल्याइएका केही अध्यादेश राम्रा भएको बताए ।

उनले दुई दलीय गठबन्धन सरकार अहिले नै ढल्ने विषयमा सत्यता नभएको बताउँदै नेता कोइरालाले सात बुँदे सम्झौता अनुरुप गठबन्धन सरकारले काम गर्नुपर्नेमा जोड दिए । ६ महिनाको अवधिमा सरकारले जसरी अघि बढ्नुपर्ने थियो, त्यसरी बढ्न नसकेको बताए ।

उनले दुई दलबीचको छलफलले मात्र संधिवान संशोधन हुँदैन संशोधनको विषयलाई जनतामाझ लैजानुपर्नेमा जोडदिए।नेता कोइरालाले पार्टीको १५ औं महाधिवेशन समयभित्र हुनुपर्नेमा जोड दिए । महाधिवेशन निर्धारित समयमा नभए पार्टी कमजोर हुने दाबी गरे। 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार