
काठमाडौं, माघ १० :
मलेसियामा जारी यू-१९ टी २० महिला विश्वकपको तेस्रो खेलमा अस्ट्रेलियाले नेपाललाई १४० रनको लक्ष्य दिएको छ। अस्ट्रेलियाले ६ विकेटको क्षतिमा १३९ रन बनाएको हो।
टस जितेर अस्ट्रेलियाले ब्याटिङ रोजेपछि नेपालले फिल्डिङ गरेको थियो। नेपालकी कप्तान पुजा महतोले ३, सीमाना केसी २ र रिया शर्माले १ एक विकेट लिएकी थिइन्।
यसअघि पहिलो खेलमा नेपाल बंगलादेशसँग र दोस्रे खेलमा स्कटल्यान्डसँग पराजित भएको थियो। नेपाल सुपर ६ मा पुग्न आजको खेल जित्नै पर्छ।