मंगलबार, २० असोज २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#नेपाल उद्योग वाणिज्य महासंघ#पुनरुत्थान योजना#कांग्रेसको १५औँ महाधिवेशन#उम्मेदवारी दर्ता#अग्रिम टिकट बुकिङ खुला#कुलमान घिसिङ#उज्यालो नेपाल पार्टी#रावल आयोगको प्रतिवेदन#सुनिल लम्साल#रसुवा बाढी#विनोद चौधरी#उपसभापतिमा उम्मेदवारी#किशोरसिंह राठौर#सोविता गौतम#बाढीमा बेपत्ता व्यक्ति#कानुन संशोधनको तयारी#सभामुख डोलप्रसाद अर्याल #नेपाल उद्योग वाणिज्य महासंघ#पुनरुत्थान योजना#कांग्रेसको १५औँ महाधिवेशन#उम्मेदवारी दर्ता#अग्रिम टिकट बुकिङ खुला#कुलमान घिसिङ#उज्यालो नेपाल पार्टी#रावल आयोगको प्रतिवेदन#सुनिल लम्साल#रसुवा बाढी#विनोद चौधरी#उपसभापतिमा उम्मेदवारी#किशोरसिंह राठौर#सोविता गौतम#बाढीमा बेपत्ता व्यक्ति#कानुन संशोधनको तयारी#सभामुख डोलप्रसाद अर्याल
समाचार

निर्वाचनमा दलितको समानुपातिक प्रतिनिधित्व सुनिश्चित गर्न माग

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बुधबार, १० माघ, २०८१ मा प्रकाशित
निर्वाचनमा दलितको समानुपातिक प्रतिनिधित्व सुनिश्चित गर्न माग
काठमाडौं, माघ १० :

दलितका मागप्रति सरकारले बेवास्ता गरेको भन्दै दलित अभियान नेपालले निर्वाचन आयोगको अगाडि धर्ना दिएको छ। दलितको प्रतिनिधि सुनिश्चित हुने खालको समानुपातिक निर्वाचन प्रणाली बनाउनुपर्ने लगाएतका मागहरु उनीहरूले अघि सारेका छन् ।

एकीकृत निर्वाचन विधेयकले दलितको समानुपातिक समावेशी प्रतिनिधित्व सुनिश्चित नगरेको जनाउँदै संविधानले स्वीकार गरेको दलित समानुपातिक समावेशी प्रतिनिधित्व सुनिश्चित गरी एकीकृत निर्वाचन ऐन जारी गर्नुपर्नेमा जोड दिएका छन् ।

मिश्रित निर्वाचन प्रणाली कायम गर्ने हो भने प्रत्यक्षमा दलितका लागि समानुपातिक परिणाम आउने गरी निर्वाचन क्षेत्र आरक्षित गर्नुपर्ने ,आरक्षित नगर्ने हो भने दलितलाई प्रत्यक्षमा कम्तीमा समानुपातिक उमेद्वार बनाइनुपर्ने र प्रत्यक्षबाट निर्वाचित नभएको खण्डमा समानुपातिकबाट दलितको १४ प्रतिशत प्रतिनिधित्व सुनिश्चित गर्नुपर्ने अभियानको माग छ । साथै  स्थानीय तहको मेयर, उपमेयर, अध्यक्ष, उपाध्यक्ष र वडा अध्यक्ष पदमा दलितको समानुपातिक प्रतिनिधित्व सुनिश्चित हुने व्यवस्था गर्नुपर्नेमा समेत जोडदिइएको छ ।भृकुटीमण्डपबाट सुरु भएको र्‍याली निर्वाचन आयोग पुगेर धर्नामा परिणत भएको थियो ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार