
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुस र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका बारेमा प्रतिक्रिया दिएका छन् ।
ट्रुथ सोसलमा रहेको लामो पोस्टमा ट्रम्पले लेखेका छन्, ‘म रुसलाई हानि पुर्याउने बारेमा सोचिरहेको छैन । म रुसी जनतालाई माया गर्छु र कट्टरपन्थी वामपन्थी रूसले सिर्जना गरेको हंगामाको बाबजुद पनि राष्ट्रपति पुटिनसँग मेरो सधैं राम्रो सम्बन्ध रहँदै आएको छ ।’
‘हामीले यो बिर्सनु हुँदैन कि रूसले हामीलाई दोस्रो विश्वयुद्ध जित्न मद्दत गर्यो र यस प्रक्रियामा लगभग ६० लाख मानिस गुमायो । आर्थिक संकटको सामना गरिरहेका रुस र राष्ट्रपति पुटिनलाई म ठुलो राहत दिनेछु भनिएको छ । म तिनीहरूलाई यो बेकारको युद्ध बन्द गर्न र शान्ति कायम गर्न भन्न गइरहेको छु । यो युद्ध झनै खराब हुँदै जानेछ ।’
‘यदि हामी सम्झौतामा पुग्न सकेनौं भने, मसँग रूसमा भारी कर र आयात शुल्क लगाउनु र रूसी सामानहरूमा प्रतिबन्ध लगाउनुबाहेक अरू कुनै विकल्प हुनेछैन । र यसमा साझेदार रहेकाहरूलाई पनि प्रतिबन्ध लगाइनेछ । यो युद्ध अन्त्य हुनुपर्छ, यदि म राष्ट्रपति भएको भए यो कहिल्यै सुरु हुने थिएन ।’
‘हामी यसलाई सिधा बाटो वा बांगो बाटो दुवै गर्न सक्छौं । र सजिलो बाटो सधैं राम्रो हुन्छ ।’ सम्झौता गर्ने समय आएको छ । अब कुनै पनि ज्यान गुमाउनु हुँदैन । -बीबीसी