
काठमाडौँ, माघ ११ :
नेपाली बजारमा बिहीबार सुनको मूल्य घटेको छ । आज छापावाल सुन तोलामा चार सय रुपैयाँ घटेको हो ।
आज सुनको मूल्य तोलामा एक लाख ५९ हजार ६०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
हिजो बुधबार छापावाल सुनको मूल्य तोलामा एक लाख ६० हजार थियो ।
यस्तै, आज चाँदीको मूल्य १५ रुपैयाँले घटेर तोलामा एक हजार ८७५ रुपैयाँमा कारोबार भइरहेको छ ।