
माघ ११ :
काठमाडौंको सबैभन्दा भिडभाड मानिने असन चोकको एक इलेक्ट्रोनिक्स पसलको गोदाममा आगलागी भएको छ।
असन चोकबाट महाबौद्ध मन्दिर जाने बाटोमा रहेको इलेक्ट्रोनिक्स पसलमा बिहीबार दिउँसो साढे ३ बजेतिर आगलागी भएको हो।
आगलागी लगत्तै नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको दमकल नियन्त्रणका लागि पुगेका थिए।आगलागी पूर्णरुपमा नियन्त्रणमा आइसकेको छ । आगलागीबाट कुनै मानवीय क्षति भने नभएको जिल्ला प्रहरी परिसर काठमाडौंकी प्रवक्ता पूर्णिमा चन्दले जानकारी दिइन्।
आगलागीबाट भएको क्षतिको विवरण संकलन भइरहेको छ ।आगलागीबाट भएको क्षति र आगलागीको कारण भने अझै खुल्न सकेको छैन ।