
काठमाडौँ, माघ १२ :
आईसीसी १९ वर्षमुनिको महिला टी- २० विश्वकप अन्तर्गत नेपालले आज आयोजक मलेसियासँग खेल्दै छ ।
मलेसियाको जोहोर एकेडेमी क्रिकेट मैदानमा नेपाली समय अनुसार दिउँसो सवा १२ बजेदेखि खेल शुरु हुनेछ । नेपाल र मलेसिया दुवै समूह चरणबाट बाहिरिसकेका छन् ।
मलेसिया समूह ‘ए’ को तथा नेपाल समूह ‘डी’ को चौथो स्थानका रूपमा प्लेअफमा आज खेल्न लागेका हुन् । पहिलोपटक विश्वकप खेलेको मलेसिया आयोजक टोली भएकाले सीधै विश्वकपमा स्थान बनाएको थियो ।
नेपालले एशिया छनोट जितेर विश्वकपमा प्रवेश गरेको थियो । यो विश्वकपको समूह चरणमा नेपाल, बङ्गलादेश, स्कटल्याण्ड र अस्ट्रेलियासँग पराजित भएको थियो ।