
कांग्रेस सभापति शेरबहादुर देउवा । फाइल तस्बिर
काठमाडौं, माघ १२ :
नेपाली कांग्रेसले संसदीय दलको बैठक बोलाएको छ । संघीय संसद् भवनको ल्होत्से हलमा बैठक पर्सि (आइतबार) दिउँसो २ बजे बस्ने भएको हो ।
संसद् बैठक माघ १८ गतेदेखि सुरु हुने भएकाले त्यसअघि आफ्नो धारण बनाउन तयारीस्वरुप कांग्रेसले संसदीय दलको बैठक बोलाएको हो ।
सरकारले केही विधेयक संसद्मा पेस गर्ने तयारी गरेको छ । सरकारमा सहभागी दलहरु ती विधेयक पारित गर्ने तयारी छन् ।