बुधबार, ११ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल#नेप्से परिसूचक#शक्तिशाली चक्रवात ‘अर्नब’#केपी शर्मा ओली#सशस्त्र प्रहरी बल#भारतीय सशस्त्र सीमा बल#किलियान एम्बाप्पे#माओत्सेतुङ #ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल#नेप्से परिसूचक#शक्तिशाली चक्रवात ‘अर्नब’#केपी शर्मा ओली#सशस्त्र प्रहरी बल#भारतीय सशस्त्र सीमा बल#किलियान एम्बाप्पे#माओत्सेतुङ
समाचार मधेस प्रदेश

अत्यधिक चिसो र शीतलहरले मधेसको जनजीवन प्रभावित

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · शुक्रबार, १२ माघ, २०८१ मा प्रकाशित
अत्यधिक चिसो र शीतलहरले मधेसको जनजीवन प्रभावित
जनकपुर, माघ १२ :

विगत तीन दिनयता  बढेको अत्यधिक चिसो र शीतलहरका कारण जनकपुरसहित मधेसको जनजीवन प्रभावित बनेको छ ।

गत सोमबारदेखि दिउँसोबाट घाम उदाए पनि मंगलबारदेखि एकाएक चलेको चिसो हावा र गएराति शीतको वर्षा भएपछि मधेसमा अत्याधिक चिसो महसुस गरिएको हो ।

विगत तीन दिनदेखि घाम उदाएको छैन । साथै शीतलहर र शीतको वर्षा पनि भइरहेको छ ।

अत्याधिक चिसो र घाम अभावका कारण ग्रामीण जनजीवन ठप्प छ । दैनिक ज्याला, मजदुरी गर्नेहरु मारमा परेका छन् । मधेसको जनजीवन १० बजे बिहानसम्म ठप्प हुने गरेको छ । चिसोबाट गरिब विपन्नहरुलाई धेरै समस्या भएको छ ।

स्थानीय बासिन्दा आगो तापेर तथा ग्रामीण भेकमा पराल (घुर) बालेर चिसो छल्ने गरेका छन् । जनकपुरमा शुक्रबार न्युनतम ११ र अधिकतम २१ डिग्री तापक्रम मापन गरिएको छ । जारी शीतलहर र चिसो हावा अझै केही दिनसम्म रहने अनुमान गरिएको छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार