बिहीबार, १२ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#पोखरा स्कुल बस दुर्घटना#सुदूरपश्चिम रोयल्सको जित#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल #पोखरा स्कुल बस दुर्घटना#सुदूरपश्चिम रोयल्सको जित#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल
समाचार अर्थतन्त्र

सिद्धबाबा सुरुङमार्गको ब्रेक थ्रु, प्रधानमन्त्रीले भने- देश सुरुङ युगमा प्रवेश गर्‍यो

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · शुक्रबार, १२ माघ, २०८१ मा प्रकाशित
सिद्धबाबा सुरुङमार्गको ब्रेक थ्रु, प्रधानमन्त्रीले भने- देश सुरुङ युगमा प्रवेश गर्‍यो
काठमाडौं, माघ १२ :

सिद्धबाबा सुरूङमार्गको ब्रेक थ्रु गरिएको छ । प्रधानमन्त्री केपी ओलीको भर्चुअल उपस्थितिमा आज (शुक्रबार) ब्रेक थ्रु गरिएको हो ।

सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पाको तिनाउ गाउँपालिका ३ स्थित सिद्धबाबा मन्दिरदेखि बुटवल पावर हाउससम्म ११ सय २६ मिटरको सुरुङमार्ग निर्माण भइरहेको छ ।

प्रधानमन्त्री ओलीले सुरुङको ब्रेक थ्रुसँगै भर्चुअल माध्यमबाट देश अहिले सुरुङ युगमा प्रवेश गरेको बताए ।

उनले सिद्धार्थ राजमार्ग भएर यात्रा गर्ने यात्रुलाई सुरुङ मार्गले सहज हुने मात्र नभई पहाडी जिल्लाको उत्पादनलाई बुटवलसम्म ल्याउन सहज पुग्ने बताए ।

सिद्धार्थ राजमार्गअन्तर्गत सिद्धबाबा मन्दिरदेखि दोभानसम्मको क्षेत्र सधैं पहिरोको उच्च जोखिममा पर्छ । पहिरोको जोखिम मध्यनजर गर्दै सरकारले राष्ट्रिय गौरवको आयोजनाका रूपमा सुरुङ मार्ग निर्माण कार्य अगाडि बढाएको थियो ।

आयोजना प्रमुख कृष्णराज अधिकारीले कुल ११ सय २६ मिटर लामो सुरुङमार्गको खन्नुपर्ने भित्री भाग एक हजार ८९ मिटर रहेको र सबै खनेर ब्रेक थ्रु गरिएको जानकारी दिए ।

सुरुङमार्ग निर्माणको काम चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनले गरिरहेको छ । २०७८ फागुनमा ७ अर्ब ३४ करोड २१ लाख ४० हजार रुपैयाँमा ठेक्का सम्झौता गरी निर्माण थालिएको सुरुङमार्ग अहिलेसम्म ४० प्रतिशत पूरा भएको छ ।
 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार