बिहीबार, १२ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#पोखरा स्कुल बस दुर्घटना#सुदूरपश्चिम रोयल्सको जित#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल #पोखरा स्कुल बस दुर्घटना#सुदूरपश्चिम रोयल्सको जित#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल
समाचार

तराईका धेरैजसो स्थानमा शीतलहर र हुस्सु, बाँकी ठाउँको मौसम सफा रहने

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · शनिबार, १३ माघ, २०८१ मा प्रकाशित
तराईका धेरैजसो स्थानमा शीतलहर र हुस्सु, बाँकी ठाउँको मौसम सफा रहने
काठमाडौँ, माघ १३ :

हाल देशमा पश्चिमी वायूको सामान्य प्रभाव रहेको छ।

शनिबार बिहान मधेश प्रदेशको पूर्वी भू- भाग तथा कोशी प्रदेशका भू- भागमा सामान्य शीतलहर चलेको छ भने बाँकी तराईका धेरैजसो स्थानहरूमा हुस्सु र कुहिरो लागेको छ।

पहाडी र हिमाली भू- भागमा मौसम मुख्यतया सफा रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज दिउँसो कोशी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भूभागकाे मौसम मुख्यतया सफा रहने महाशाखाले उल्लेख गरेको छ ।

त्यस्तै, आज राति कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भूभागमा आंशिक बदली भई बाँकी भूभागमा मौसम सफा रहने  छ।

आगामी २४ घन्टा मधेश प्रदेशको पूर्वी भू- भागमा मन्द शीतलहरको अवस्था रहेको र बाँकी स्थानहरूमा पनि हुस्सु र कुहिरो लाग्ने सम्भावना कायम रहेकाले दैनिक जनजीवन, कृषि, शिक्षा, स्वास्थ्य, यातायात तथा हवाई उडानमा असर पर्न सक्ने हुनाले आवश्यक सतर्कता अपनाउन महाशाखाले सबैमा अनुरोध गरेको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार