काठमाडौं,साउन १०: काभा यु-२० महिला भलिबल च्याम्पियनसिपमा सहभागी भएर नेपाली टोली स्वदेश फर्किएको छ। उपाधि जित्ने लक्ष्यका साथ माले पुगेको नेपाल चार टोली सहभागी प्रतियोगितामा तेस्रो भएको थियो। उक्त टोली बिहीबार स्वदेश फर्किएको हो। किर्गिस्तान, श्रीलंका र माल्दिभ्ससम्मिलित प्रतियोगितामा नेपालले पाँच खेल खेलको थियो। तर, नेपालले माल्दिभ्स बाहेक अन्यलाई हराउन सकेन। किर्गिस्तानसँग लिग चरण र सेमिफाइनलमा नेपाल ३-० ले पराजित भएको थियो।श्रीलंकासँग पनि लिगचरणमा ३-१ ले नेपाल पराजित भएको थियो।