
बैतडीको सिगासमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । अन्य चार जना घाइते भएका छन् ।
आज (शनिबार) बिहान ५ बजे सिगास गाउँपालिका- १, को गडानबाट तल्लो इराना जाँदै गरेको सुपप्र ०१- ००१ च ४०२८ नम्बरको जिप माडौंमा दुर्घटना भएको हो ।
दुर्घटनामा परि मृत्यु हुनेमा सिगास गाउँपालिका- १, १९ वर्षीया पार्वती धामी र १४ वर्षीया जयन्ती धामी रहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।
एक जनाले हाम फालेर ज्यान जोगाको प्रहरी प्रवक्ता प्रहरी निरीक्षक बलराम पाण्डेयले बताए ।
घाइते हुनेमा ४० वर्षीय तुलसी धामी, १६ वर्षीया निरा धामी, १९ वर्षीया हेमन्ती धामी र १४ वर्षीया भागरथी धामी रहेका छन् । उनीहरूको उद्धार गरी उपचारका लागि डडेल्धुरा अस्पताल पठाइएको छ ।
घाइतेको उद्धार र घटनाको विस्तृत अनुसन्धान गर्न इलाका प्रहरी कार्यालय पाटनबाट प्रहरी निरीक्षक राजेन्द्र साउदको नेतृत्वमा प्रहरी घटनास्थलमा खटिएका छन् ।
जिपमा चालकसहित विवाह भोज खाएर फर्किदै गरेका ८ जना सवार रहेको खुलेको छ ।