
यसअघि पिट हेगसेथ फक्स न्युज च्यानलका लागि होस्ट पनि हुन् । गेट्टी इमेजी ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा मनोनीत पिट हेगसेथ अमेरिकाको नयाँ रक्षामन्त्री हुने भएका छन् ।
यो कुरा शुक्रबार राति अमेरिकी सिनेटले पुष्टि गरेको हो । दुर्व्यवहारको आरोप लागेपछि उनी रक्षामन्त्री बन्ने कुरामा शंका थियो ।
तीन रिपब्लिकन सिनेटरहरूले पिट हेगसेथको विरुद्धमा मतदान गरेपछि, अमेरिकी उपराष्ट्रपति जेडी भान्सले पिट हेगसेथका पक्षमा निर्णायक मतदान गरे ।
रक्षा सचिवका रूपमा चयन गर्ने प्रक्रियाका क्रममा पिट हेगसेथले यौन दुर्व्यवहारको आरोप पनि सामना गर्नुपरेको थियो, जसलाई उनले अस्वीकार गरे ।
पूर्वसैन्य व्यक्ति तथा फक्स न्युज च्यानलका होस्ट पिट हेगसेथले विभागको नेतृत्व गर्नेछन् । जसमा लगभग ३० लाख कर्मचारीहरू छन् । यसको बजेट ८४९ अर्ब डलर छ । -बीबीसी