काठमाडौं, माघ १३ :

नेपाली कांग्रेस उद्यमशीलता र साना तथा मझौला व्यवसायी विभागले नेपाल स्टार्ट अप र साना तथा मझौला सम्मेलन गर्ने भएको छ ।

आउँदो माघ १६ र १७ गते विभागले नेपाल स्टार्ट अप र साना तथा मझौला सम्मेलन गर्ने भएको हो । पार्टी केन्द्रीय कार्यालय सानेपामा शनिबार पत्रकार सम्मेलन गर्दै सम्मेलनबारे जानकारी दिएको हो ।

पत्रकार सम्मेलनमा कांग्रेसको उद्यमशीलता र साना तथा मझौला व्यवसायी विभागकी प्रमुख उर्मिला थपलियाले साना तथा मझौला व्यवसायीहरुका लागि यो सम्मेलन परिचयात्मक कार्यक्रम हुने बताइन् । उनले युवाहरुलाई उद्यमशीलतामा प्रोत्साहन गर्न सम्मेलन महत्त्वपूर्ण हुने बताइन् ।

सम्मेलनमा सबैभन्दा युवाहरुलाई बढी जोडिने उनले जानकारी दिइन् । उनले सम्मेलनले साना तथा मझौला व्यवसायीका लागि नीति निर्माण गर्न सहज हुने विश्वास व्यक्त गरिन् ।