काठमाडौं, माघ १४ :

नेकपा एमालेले संसदीय दलको बैठक बोलाएको छ । यही माघ १५ गते नयाँ बानेश्वरस्थित संसद् भवनको ल्होत्से हलमा दिउँसो १ बजे बस्ने गरी बैठक बोलाएको हो ।

माघ १८ गतेदेखि सुरु हुने हिउँदे अधिवेशनको तयारी, अध्यादेशप्रति पार्टीको धारणा लगायतका विषयमा छलफल हुने  एमालेका मुख्य सचेतक महेश बर्तौलाले बताए । 

एमालेले पनि अध्यादेशबारे पार्टीका सबै नेता तथा सांसदको एउटै धारणा बनाउन खोजेको छ ।संसदको अधिवेशन सुरू हुनु ३ दिन अघि दलको बैठक बोलाएको हो।

प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसले पनि अध्यादेशबारे एउटै धारणा बनाएको छ । संसद बैठकमा उपस्थित हुनेहरुले अध्यादेशको पक्षमा बोल्न निर्देशन भएको छ ।