बुधबार, ११ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
समाचार

धरौटीमा छुट्न रविले अहिलेसम्म २ करोड २५ लाख जुटाउनुपर्‍यो

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · आइतबार, १४ माघ, २०८१ मा प्रकाशित
धरौटीमा छुट्न रविले अहिलेसम्म २ करोड २५ लाख जुटाउनुपर्‍यो
काठमाडौं, माघ १४ :

सहकारी ठगी प्रकरणमा मुछिएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले अहिलेसम्म अदालतलाई बुझाउन २ करोड २५ लाख जुटाएका छन् ।

रुपन्देही जिल्ला अदालतले मागेको १ करोड रुपैयाँ धरौटी बुझाएसँगै उनले अदालतलाई धराैटी बापत बुझाएको रकम २ करोड २५ लाख पुगेको हो । यसअघि लामिछानेले कास्कीमा ६५ लाख र काठमाडौं जिल्ला अदालतमा ६० लाख रुपैयाँ धरौटी बुझाइसकेका छन् ।

तीनवटा अदालतमध्ये लामिछानेसँग रुपन्देही जिल्ला अदालतबाट धेरै रकम  धरौटी बापत माग भएको हो । आइतबारै रिहा हुने गरी उनका सहयोगीहरु बैंक ग्यारेन्टी जुटाउन लागेका छन् ।

जिल्ला न्यायाधीश प्रह्ललादकुमार योगीको इजलासले लामिछानेलाई १ करोड रुपैयाँ धरौटी लिएर छाड्न आदेश भएको थियो । नछाडे पुर्पक्षका लागि थुनामा पठाउन पनि योगीको इजलासले आदेश दिएको छ । 

रुपन्देही जिल्ला अदालतका न्यायाधीश योगीको इजलासले दिएको आदेशमा भनिएको छ, ‘...मिसिलसम्बन्धी तत्काल प्राप्त प्रमाणबाट यी प्रतिवादीले आरोपित कसुर नगरेको विश्वास गर्नुपर्ने मनासिब आधार नदेखिँदा पछि प्रमाण परीक्षण गर्दै जाँदा ठहरेबमोजिम हुने गरी हाललाई यी प्रतिवादी रवि लामिछानेलाई मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा ७४ बमोजिम रु. एक करोड नगद धरौट, जायजेथा जमानत वा सर्तरहित बैंक ग्यारेन्टी लिई तारेखमा राख्नू, बुझाउन नसके पुर्पक्षका लागि थुनामा राख्न स्थानीय कारागारमा पठाउनू ।’

 चितवन र पर्सामा पनि उनीविरुद्ध सहकारी ठगीसम्बन्धी मुद्दा छन् ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार