काठमाडौँ, माघ १५ :

नेपाली बजारमा आज (सोमबार) सुनको मूल्य प्रतितोला तीन सय रुपैयाँले घटेको छ।

आज छापावाल सुन प्रतितोला एक लाख ६० हजार एक सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ। 

हिजो आइतबार सुन प्रतितोला दुई सय रुपैयाँले घटेको थियो ।

त्यसैगरी, आज चाँदी तोलामा १५ रुपैयाँले घटेर एक हजार आठ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ।