सोमबार, २३ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#देउसी भैलो#ट्राफिक व्यवस्थापन#अर्थमन्त्री डा स्वर्णिम वाग्ले#पिस कोर#विदेशी साथी#कर्ण शाक्य#जुवातास#तिहारको पटाका#उपत्यकाको वायु प्रदूषण बढ्यो#पटका पड्काउने क्रममा#आपूर्तिमन्त्री दीपककुमार साह#भारतीय राजदूत सुधाकर दलेला#एनपीएल#पोखरा एभेन्जर्सको पहिलो जित#कोप-३१#परराष्ट्रमन्त्री शिशिर खनाल #देउसी भैलो#ट्राफिक व्यवस्थापन#अर्थमन्त्री डा स्वर्णिम वाग्ले#पिस कोर#विदेशी साथी#कर्ण शाक्य#जुवातास#तिहारको पटाका#उपत्यकाको वायु प्रदूषण बढ्यो#पटका पड्काउने क्रममा#आपूर्तिमन्त्री दीपककुमार साह#भारतीय राजदूत सुधाकर दलेला#एनपीएल#पोखरा एभेन्जर्सको पहिलो जित#कोप-३१#परराष्ट्रमन्त्री शिशिर खनाल
विदेश

कर बढाउने ट्रम्पको चेतावनीपछि कोलम्बिया निर्वासित नागरिकलाई स्वीकार गर्न तयार

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · सोमबार, १५ माघ, २०८१ मा प्रकाशित
कर बढाउने ट्रम्पको चेतावनीपछि कोलम्बिया निर्वासित नागरिकलाई स्वीकार गर्न तयार
वासिङ्टन, माघ १५ :

राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो सामूहिक निर्वासन योजनाको अवज्ञालाई सजाय दिन पीडादायी शुल्क लगाउने धम्की दिएको केही घन्टापछि कोलम्बिया अमेरिकी सैन्य विमानमा पठाइएको निर्वासित नागरिकहरूलाई स्वीकार गर्न सहमत भएको छ ।

कोलम्बियाका वामपन्थी राष्ट्रपति गुस्ताभो पेत्रोले यसअघि नागरिक विमान जस्ता ‘सम्मानजनक’ माध्यमबाट मात्र नागरिकहरूलाई फिर्ता लिने बताएका थिए भने आइतबार निर्वासित कोलम्बियालीहरू बोकेका दुई अमेरिकी सैन्य विमानहरूलाई फिर्ता पठाइएको थियो ।

ट्रम्पले ल्याटिन अमेरिकाको चौथो ठूलो अर्थतन्त्र कोलम्बियाविरुद्ध २५ प्रतिशतको कर छिट्टै ५० प्रतिशतसम्म बढाउने चेतावनी दिएपछि कोलम्बिया निर्वासित नागरिकलाई स्वीकार गर्न तयार भएको ह्वाइट हाउसले जनाएको छ ।

पेत्रोले सुरुमा प्रतिकार गर्न खोजेको र अमेरिकी उत्पादनहरूमा आफ्नै भन्सार महसुल लगाउने प्रयास गरेको तर आइतबारको अन्त्यसम्म उनी पछि हटेको बताइएको छ ।

कोलम्बियाका विदेशमन्त्री लुइस गिल्बर्टो मुरिलोले मध्यरातको पत्रकार सम्मेलनमा आफ्नो देशले ‘गतिरोध पार गरेको’ र फर्केका नागरिकहरूलाई स्वीकार गर्ने बताएका छन् ।

“कोलम्बिया संयुक्त राज्य अमेरिकाबाट फिर्ता गरिएका सबै गैरकानूनी कोलम्बियाली नागरिकहरूलाई अमेरिकी सैन्य विमानसहित कुनै सीमा वा ढिलाई बिना स्वीकृति दिन सहमत भएको छ”, ह्वाइट हाउसको विज्ञप्तिमा भनिएको छ।”

साथै राष्ट्रपति ट्रम्पले विश्वका सबै राष्ट्रले संयुक्त राज्य अमेरिकामा गैरकानूनी रूपमा रहेका आफ्ना नागरिकहरूको निर्वासनमा पूर्ण सहयोग गर्ने अपेक्षा गरेको उल्लेख छ ।

ट्रम्पले कोलम्बियामाथि करको कार्यान्वयन स्थगित गर्ने बताएका छन् ।

ट्रम्पले अमेरिकी विमानस्थलहरूमा कोलम्बियालीहरूलाई थप छानबिन गर्ने वाचा समेत गरेका छन् । -एएफपी

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार