आइतबार, ८ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
राजनीति

हिउँदे अधिवेशन : क्यालेन्डर तयार, पहिलो दिनै अध्यादेश पेस गरिने

· सोमबार, १५ माघ, २०८१ मा प्रकाशित
हिउँदे अधिवेशन : क्यालेन्डर तयार, पहिलो दिनै अध्यादेश पेस गरिने
काठमाडौं, माघ १५ :

संघीय संसद् सचिवालयले यही माघ १८ गतेबाट सुरु हुने संसद्को हिउँदे अधिवेशनको क्यालेन्डर तयार पारेको छ । माघ १८ गतेदेखि ३० गतेसम्म बस्ने संसद बैठकको क्यालेन्डर तयार पारेको हो ।

जसअनुसार संसद्को पहिलो दिन प्रधानमन्त्री केपी ओलीलगायता शीर्ष नेताहरूले सम्बोधन गर्ने कार्यतालिका छ । बोल्ने क्रम सकिएपछि सोही दिन सरकारले ल्याएका विभिन्न अध्यादेश संसद्‌मा पेस हुनेछन् ।

क्यालेन्डर निर्माणका साथै संसदको बिजनेसका लागि सभामुख देवराज घिमिरेले पाँच प्रमुख दलका प्रमुख सचेतक र सचेतकसँग छलफल गरेका थिए ।

सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले माघ १८ गतेका लागि संसदको बैठक आह्वान गरिसकेका छन् । यो महिना ६ दिनमात्र संसद बैठक बस्ने सूची तय भएको छ  ।

संसद सचिवालयको क्यालेन्डरअनुसार माघ २२, २३, २४, २८, २९ र ३० बैठक राखिएको छ  । २५, २६ र २७ गते भने विभिन्न समितिको बैठक राखिएको छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार