काठमाडौं, माघ १५ :

साताको दोस्रो कारोबार दिन आज (सोमबार) पनि नेप्से घटेको छ । अघिल्लो दिन १० दशमलव ४१ अंकले घटेको नेप्से आज पुन: १० दशमलव ६६ अंकले घटेर २६ सय ३३ दशमलव २७ अंकमा झरेको छ ।

यसैगरी ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि दुई दशमलव शून्य सात अंकले घटेर चार सय ४१ दशमलव ५२ अंकमा झरेको छ । नेप्सेमा आज ३१२ कम्पनीको ८७ हजार पाँच सय ६४ पटकको कारोबारमा एक करोड ७२ लाख ५३ हजार पाँच सय ७६ कित्ता सेयर खरिद बिक्री भएको छ । जस कारण कुल कारोबार रकम आठ अर्ब ९२ करोड ४० लाख ६५ हजार आठ सय ८८ रुपैयाँ पुगेको छ ।

नेप्सेमा आज १३ समूहको सेयर कारोबार भएकामा पाँच समूहको सूचक बढेर बाँकी समूहको सूचक घटेका छन् । जसमध्ये वाणिज्य बैंक समूहको सूचक सात दशमलव ४९ अंकले घटेर १३ सय ३१ दशमलव २२ अंकमा झरेको छ । जीवन बिमा समूहको सूचक एक सय ४३ दशमलव ६१ अंकले घटेर १२ हजार आठ सय ४८ दशमलव ६२ अंकमा झरेको छ ।

निर्जीवन बिमा समूहको सूचक ८५ दशमलव ५७ अंकले घटेर १२ हजार ६ सय १६ दशमलव ५१ अंकमा झरेको छ । होटेल तथा पर्यटन, लगानी, सामूहिक लगानी कोष, अन्य र व्यापार समूहको सूचक पनि क्रमशः ३५ दशमलव १४, शून्य दशमलव ८०, शून्य दशमलव १२, ३४ दशमलव ७७ र ८१ दशमलव २५ अंकले घटेका छन् ।

विकास बैंक समूहको सूचक भने आज ४० दशमलव ५२ अंकले बढेर पाँच हजार ६ सय ३४ दशमलव ७४ अंकमा चढेको छ । फाइनान्स समूहको सूचक ८४ दशमलव ५२ अंकले बढेर २५ सय २७ दशमलव १६ अंकमा चढेको छ ।

यसैगरी जलविद्युत् समूहको सूचक १३ दशमलव २५ अंकले बढेर तीन हजात सात सय ३९ दशमलव ९६ अंकमा चढेको छ । उत्पादनमूलक र लघुवित्त समूहको सूचक पनि क्रमशः ४९ दशमलव ९५ र दुई दशमलव ११ अंकले बढेका छन् ।

नेप्सेमा आज बढी कमाउने कम्पनीको सूचीमा पहिलो स्थानमा ङादी ग्रुप पावर लिमिटेड परेको छ । बढी गुमाउने कम्पनीको सूचीमा पहिलो स्थानमा सप्तकोसी डेभलपमेन्ट बैंक परेको छ । यसैगरी बढी रकम कारोबार गर्ने कम्पनीको सूचीमा भने सिन्धु विकास बैंक परेको छ ।