बिहीबार, १२ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#पोखरा स्कुल बस दुर्घटना#सुदूरपश्चिम रोयल्सको जित#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल #पोखरा स्कुल बस दुर्घटना#सुदूरपश्चिम रोयल्सको जित#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल
समाचार कर्पोरेट

शून्य प्रतिशत ब्याजमै सामसङको फ्रन्ट लोड वासिङ मेसिन पाइने

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · सोमबार, १५ माघ, २०८१ मा प्रकाशित
शून्य प्रतिशत ब्याजमै सामसङको फ्रन्ट लोड वासिङ मेसिन पाइने
काठमाडौं, माघ १५ :

नेपालको लोकप्रिय इलेक्ट्रोनिक ब्रान्ड सामसङले हालै आफ्नो प्रिमियम बिस्पोक एआई दायरा विस्तार गर्दै नयाँ बिस्पोक एआई ९ केजी फ्रन्ट-लोड वासिङ मेसिन नेपाली बजारमा ल्याएको छ ।

ठुला-लोडहरूका लागि पूर्ण रूपमा उपयुक्त रहेको ९ केजी बिस्पोक फ्रन्ट-लोड वासिङ मेसिनले उपभोक्तालाई सजिलै दैनिक लुगा धुने व्यवस्थापन गर्न, समय बचत गर्न र धुने क्षमतामा सम्झौता नगरी सुविधा बढाएको छ । एआई एनर्जी, एआई कन्ट्रोल, एआई इकोबबल र सुपर स्पिडजस्ता उन्नत प्रविधि जोडिएका छन् ।

सुपर स्पिड टेक्नोलोजीले, जेटलाई लुगा धुने प्रक्रियालाई गति दिन कपडामा पुग्न मार्गदर्शन दिने नजलको प्रयोग गरी वास साइकललाई ३९ मिनेटसम्ममा पूरा गर्छ र हाइजिन स्टिमले ९९.९ प्रतिशत ब्याक्टेरिया र एलर्जीहरू हटाउँछ । यसमा लुगा धुने प्रक्रियालाई अझ प्रभावकारी बनाउन र ऊर्जा खपतलाई ७० प्रतिशतसम्म घटाउन एआई एनर्जी मोड पनि समावेश छ ।

डिजिटल इन्भर्टर टेक्नोलोजी (डीआईटी) ले यी वासिङ मेसिनहरूमा २० वर्षको वारेन्टी र अत्यधिक स्थायित्वका साथ शान्त, ऊर्जा-दक्ष कार्यसम्पादन सुनिश्चित गर्छ । स्लिक र आधुनिक बिस्पोक डिजाइनले कुनै पनि घरलाई पूरक बनाउनको साथै एक वासमै ठुला लोडहरू ह्यान्डल गर्न सक्छ ।

मूल्य र उपलब्धता
दुई मोडलमा उपलब्ध-सामसङको नयाँ ९ केजी फ्रन्ट-लोड वासिङ मेसिनहरूको मूल्य रु. १०१,९९० बाट सुरु हुन्छ र प्रिमियम लन्ड्री सलुसनहरू पहुँचभित्र ल्याउँदै सामसङले २० प्रतिशतसम्म क्यासब्याकको साथ स्पेसल अफर उपलब्ध गराएको छ ।

यी उपकरणहरू शून्य प्रतिशत ब्याज ईएमआई अफर रहेको सामसङ इन्स्टा फाइनान्समार्फत खरिद गर्न सजिलो बनाइएको छ ।

लुगा धुने अनुभवलाई अपग्रेड गर्न खोज्ने उपभोक्ताका लागि यस बिस्पोक एआई वासिङ मेसिन दायरामा सजिलोसँग अपग्रेड गर्न एक्सचेन्ज अफरहरू पनि उपलब्ध छ ।

यो अफर आधिकारिक वितरक हिम इलेक्ट्रोनिक्स प्राइभेट लिमिटेड र आधिकारिक रिसेलर त्रिवेणी व्यापार प्राइभेट लिमिटेडद्वारा डिलर नेटवर्क प्यान नेपालभर उपलब्ध गराइएको छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार