मंगलबार, १० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#लुम्बिनी लायन्स#विजयी सुरुआत#नेपाल आयल निगम#एनपीएल तेस्रो सिजन#सुदूरपश्चिम रोयल्स#खराब सुरुवात#पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी#भक्तपुरका बाटोबाटोमा धान#स्कार्पियो दुर्घटना#कालिगण्डकी करिडोर#दोबा पुल#विपद्का घटना#प्रधानमन्त्री बालेन शाह#एनपीएलको उद्घाटन#सभापति गगनकुमार थापा #लुम्बिनी लायन्स#विजयी सुरुआत#नेपाल आयल निगम#एनपीएल तेस्रो सिजन#सुदूरपश्चिम रोयल्स#खराब सुरुवात#पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी#भक्तपुरका बाटोबाटोमा धान#स्कार्पियो दुर्घटना#कालिगण्डकी करिडोर#दोबा पुल#विपद्का घटना#प्रधानमन्त्री बालेन शाह#एनपीएलको उद्घाटन#सभापति गगनकुमार थापा
समाचार

सामाजिक सञ्जाल विधेयकप्रति मिडिया राइट्सको आपत्ति

सामाजिक सञ्जाल विधेयक प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताविरोधी भयो : मिडिया राइट्स नेपाल
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बुधबार, १७ माघ, २०८१ मा प्रकाशित
सामाजिक सञ्जाल विधेयकप्रति मिडिया राइट्सको आपत्ति
काठमाडौं, माघ १७ :

सरकारले संसद्‌मा दर्ता गराएको सामाजिक सञ्जालको सञ्चालन प्रयोग तथा नियमन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकका प्रावधानहरुप्रति मिडिया राइट्स नेपालले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

सरकारले मंगलबार संसद्‌मा दर्ता गराएको विधेयकमा रहेका कतिपय प्रावधानहरु प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता र नागरिक अधिकारविरुद्ध रहेको मिडिया राइट्सले ठहर गरेको छ । आज (बुधबार) विज्ञप्ति जारी गर्दै विधेयकमा सामाजिक सञ्जाल प्रयोगकर्तालाई नियन्त्रण गर्ने, अभिव्यक्ति स्वतन्त्रतामाथि आघात पुर्‍याउने र स्वतन्त्र पत्रकारिताको व्यावसायिक दायरालाई समेत साघुँरो बनाउने उल्लेख गरेको छ ।

मिडिया राइट्स नेपालका अध्यक्ष रमेश विष्टद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘विधेयकका कतिपय दफामा व्यवस्था गरिएको चर्को आर्थिक दण्ड र जेल सजायले सञ्चार क्षेत्र र नागरिकमा  अन्योल र त्रास सिर्जना गराएको छ । यस्ता दण्डकारी व्यवस्था नेपालको संविधान, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको अभ्यास र अन्तर्राष्ट्रिय मूल्य र मान्यताको विरुद्ध रहेको छ ।’

विज्ञप्तिमा सञ्चारजगतको पेसागत अधिकार र नागरिकको अभिव्यक्ति स्वतन्त्रताविरोधी विधेयकविरुद्ध आवाज उठाउन मिडिया राइट्स नेपालद्वारा आह्वान गरिएको छ ।

सरोकारवालाहरुसँग समेत कुनै छलफल नगरी ल्याइएको विधेयक सच्चाई प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामैत्री बनाउन मिडिया राइट्स नेपालले सरकारसँग मागसमेत गरेको छ ।

यो पनि…

टिप्पणी : सरकारले नागरिकको मुख थुन्नै खोज्या हो ?

सामाजिक सञ्जाल नियमन विधेयकप्रति पत्रकार महासंघको आपत्ति

प्रहरीसम्बन्धी विधयेक संसद्‌मा दर्ता, ३० वर्षे सेवा अवधि हटाइँदै

सामाजिक सञ्जालसम्बन्धी विधेयक संसद्‌मा दर्ता, सञ्चालनका लागि अनुमति लिनुपर्ने
साइबर बुलिङ गरे दुई वर्षसम्म कैद सजाय हुने
संसद्‌मा नागरिकतासम्बन्धी विधयेक दर्ता

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार