माघ १८ :
प्रमुख सत्ता साझेदार दल नेपाली कांग्रेसले ७७ जिल्लाका सभापतिहरुलाई प्रशिक्षण दिने भएको छ । केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको आयोजनामा यही माघ २२ र २३ गते जिल्लाका सभापतिहरुलाई पोखरामा प्रशिक्षण दिन लागेको हो ।
प्रशिक्षण तथा अभिमुखीकरण कार्यक्रममा प्रत्येक जिल्लाका उपसभापति, प्रशिक्षण विभागका अन्य सदस्यहरु समेत सहभागी हुनेछन् ।
प्रशिक्षण कार्यक्रममा सभापति शेरबहादुर देउवा, उपसभापति पूर्णबहादुर खड्का, धनराज गुरुङ, दुई महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मा लगायत पदाधिकारीहरुको उपस्थित रहने जनाइएको छ।
यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?
सम्बन्धित समाचार
थप समाचार
कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बस्दै,बन्दसत्रमा पेश गर्ने प्रतिवेदन माथि छलफल हुने
निर्वाचन कार्यतालिका सार्वजनिक,आज साँझ ५ बजेदेखि निर्वाचनको कार्यक्रम सुरु
दसैँ पर्वका लागि मुस्ताङमा भेडाच्याङ्ग्राको व्यापारिक चहलपहल,हिउँ छिचोल्दै एक हजार भेडाच्याङ्ग्रा आइपुगे