काठमाडौं, माघ १८ :

प्यालेस्टिनी समूह हमासले बिहीबार ८ जना बन्धकलाई रिहा गरेको छ । तीन  इजरायली र पाँचजना थाई गरी ८ बन्धकहरुलाई मुक्त गरेको हो । सन् २०२३ अक्टुबर ७ देखि हमासको कब्जामा रहेका इजरायली नागरिकहरु अगम बर्गर, अर्बेल यहुद र गदी मोजस रिहा भएका हुन् ।  

यस्तै रिहा भएका थाई नागरिकहरू बनावत सिआठो, नटापोङ पिन्टा, साथिआन सुवानाखम, सुरस्क लम्ना र पोङ्सक टन्ना हुन् ।हमासले उनीहरुलाई अन्तराष्ट्रिय रेडक्रसको जिम्मा लगाइएको छ ।

blog

 

हमासले छाडेका ८ बन्धकको बदलामा इजरायली जेलमा रहेका १ सय १० जना प्यालेस्टिनी आजै रिहा गरेका छन्। तीमध्ये ३० जना बालबालिका, ३२ जना आजिवन कारवासको सजाय पाएका र ४८ जना लामो समयको जेल सजाय काटिरहेकाहरू भएको बीबीसीले जनाएको छ । 

नेपालका विपिन जोशी यस पटक पनि रिहा हुनेको सूचीमा परेनन् । अबको सूचीमा उनी पर्ने विश्वास गरिएको छ । तर, उनी हमासको नियन्त्रणमा रहेकाहरुको सूची छन् ।

हमास र इजरायलबीच दुई साताअघि युद्धविराम तथा बन्धक छाड्ने सम्झौता भएको थियो ।

 

र यो पनि..

हमासले थप केही बन्दीहरुलाई रिहा गर्दै , विपिन जीवितै रहेको पुष्टि