बिहीबार, १२ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#पोखरा स्कुल बस दुर्घटना#सुदूरपश्चिम रोयल्सको जित#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल #पोखरा स्कुल बस दुर्घटना#सुदूरपश्चिम रोयल्सको जित#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल
समाचार अर्थतन्त्र

निर्माण व्यवसायीको आन्दोलन फिर्ता

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बिहीबार, १८ माघ, २०८१ मा प्रकाशित
निर्माण व्यवसायीको आन्दोलन फिर्ता
काठमाडौं, माघ १८ :

विभिन्न माग राख्दै चरणबद्ध आन्दोलन गर्दै आएको नेपाल निर्माण व्यवसायी महासंघले आन्दोलनका कार्यक्रम फिर्ता लिएको छ। प्रधानमन्त्री केपी ओलीसँगको भेटेपछि महासंघले कार्यक्रम फिर्ता लिएको हो ।

महासंघले भुक्तानी दिनुपर्ने, मूल्यवृद्धि फिर्ता गर्नुपर्ने तथा विभिन्न सार्वजनिक खरिद कानुनमा रहेका अवरोध हटाउन माग गर्दै आएको छ ।

प्रधानमन्त्री ओलीले निर्माण व्यवसायीको समस्या समाधानमा कार्यदल गठन गर्न सरोकारवालालाई निर्देशन दिएपछि महासंघले शुक्रबारदेखि राजधानीमा गर्ने भनेको धर्नासहित कार्यक्रम फिर्ता लिने निर्णय गरेको हो ।

महासंघले गत पुस २७ मा राष्ट्रिय भेला आयोजना गरी चरणबद्ध आन्दोलन घोषणा गरेको थियो । 
 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार