बुधबार, २१ असोज २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#वित्त आयोग#सम्पत्ति शुद्धीकरण विभाग#चोलेन्द्र शमशेर जबरा#किशोर सिंह राठौर#उम्मेदवारी फिर्ता#मन्त्रिपरिषद्को बैठक#ललितपुर प्रहरी#सुरक्षा योजना लागू#स्वर्णिम वाग्ले#आर्थिक स्वतन्त्रता#सभापति गणेश पराजुली#बाढी प्रभावित क्षेत्रमा#चितवनमा एम्बुलेन्स बगायो#भन्सार जाँचपास#बाढीपहिरो र हिमपात#हावाहुरीसहितको वर्षा #वित्त आयोग#सम्पत्ति शुद्धीकरण विभाग#चोलेन्द्र शमशेर जबरा#किशोर सिंह राठौर#उम्मेदवारी फिर्ता#मन्त्रिपरिषद्को बैठक#ललितपुर प्रहरी#सुरक्षा योजना लागू#स्वर्णिम वाग्ले#आर्थिक स्वतन्त्रता#सभापति गणेश पराजुली#बाढी प्रभावित क्षेत्रमा#चितवनमा एम्बुलेन्स बगायो#भन्सार जाँचपास#बाढीपहिरो र हिमपात#हावाहुरीसहितको वर्षा
राजनीति

सबै भ्रष्टाचार छानबिनका लागि संसदीय समिति बनाऔं : वाग्ले

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · शुक्रबार, १९ माघ, २०८१ मा प्रकाशित
सबै भ्रष्टाचार छानबिनका लागि संसदीय समिति बनाऔं : वाग्ले
काठमाडौं, माघ १९ :

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति एवं सांसद् स्वर्णिम वाग्लेले हालसम्म भएका सबै भ्रष्टाचार तथा अनियमितताका सम्बन्धमा संसदीय छानबिन समिति गठनको माग गरेका छन् । प्रतिनिधिसभाको आजको बैठकमा उपसभापति वाग्लेले सार्वजनिक पदधारण गरेका व्यक्तिहरुको सम्पत्ति छानबिन गर्न उच्चस्तरीय न्यायिक आयोग गठन गर्नुपर्नेमा जोड दिए ।

‘जाँचबुझ आयोग ऐनको प्रावधानमा रहेर पूर्वप्रधानन्यायाधीश वा न्यायाधीशको अध्यक्षतामा न्यायिक आयोग गठन गर्नुपर्ने अब रास्वपाको चिरस्थायी माग हुनेछ,’ उनले भने । रास्वपा सभापति रवि लामिछानेलाई सरकारले दुःख दिइरहेको उनले आरोप लगाए ।

सभापति लामिछानेको निलम्बन फुकुवाका लागि सभामुख देवराज घिमिरेसमक्ष आग्रह गरेको उल्लेख गर्दै उपसभापति वाग्लेले न्यायालयले उचित निर्णय गर्नेमा आशावादी रहेको उनले बताए । नागरिकका कुरा राख्ने, कानुन बनाउने र सरकारलाई उत्तरदायी बनाउने थलो संसद् रहेको उल्लेख गर्दै उनले संसद्‌को प्रभावकारिता बढाउनुपर्नेमा जोड दिए ।

अर्थ समितिमा छलफलका क्रममा रहेको आर्थिक कार्यविधि वित्तीय उत्तरदायित्व विधेयकलाई सरकारले अध्यादेशमार्फत ल्याउँदा कानुनको उल्लंघन भएको  उनको भनाइ थियो ।

सरकारले पूर्वअर्थसचिव रामेश्वर खनालको नेतृत्वमा गठन गरेको उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगको प्रतिवेदनअनुसार सुधारका प्याकेज ल्याउन नसकेको उपसभापति वाग्लेले बताए । सामाजिक सञ्जाल नियमनसम्बन्धी विधेयक फिर्ता लिएर संशोधन गरी पुनः पेस गर्न उनले सुझाए ।

यो पनि…

सबै दलको सहमतिमै संविधान संशोधन हुन्छ : सभापति देउवा

‘सहमति, सहकार्य र एकताको भावनाले मात्र देश निर्माणको अभियानमा काम गर्न सक्छौँ’

‘सघन विमर्शबाटै संविधान संशोधनका विषय पहिचान गरिनेछ’

प्रशासनिक सुधार, सुशासन र लगानी अभिवृद्धिका लागि अध्यादेश : प्रधानमन्त्री

बारम्बार विश्वासको मत लिनुपर्ने अवस्थाबाट मुक्त भइएको छ : प्रधानमन्त्री

प्रतिनिधिसभामा प्रधानमन्त्रीको सम्बोधन- थालिएका काममा प्रगति हुँदै छ
रास्वपा सांसदद्वारा प्रतिनिधिसभा बैठक बहिष्कार
प्रतिनिधिसभाको बैठकमा रास्वपाको अवरोध
प्रतिनिधिसभाको पाँचौँ अधिवेशन सुरु [तस्बिरसहित]

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार