
काठमाडाैं, माघ २० :
महिला टी-२०आई श्रृङ्खलामा नेपालले लगातार दोस्रो हार व्यहोरेको छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा शनिबार टस जितेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ९ विकेट गुमाएर १०१ रन बनाएको थियो ।
थाइल्याण्डसँग ४ विकेटले पराजित भएको हो । नेपालले दिएको १०२ रनको लक्ष्य थाइल्याण्डले १९ ओभरमा ६ विकेटको क्षतिमा पूरा गर्यो ।
नेपालका लागि मनिषा उपाध्यायले ४ ओभरमा १२ रन दिएर २ विकेट लिइन् । नेपालका लागि कविता कुँवर र बिन्दु रावलले सर्वाधिक समान २५ रन बनाए । कप्तान इन्दु बर्माले १५ रन बनाइन् । अन्यले दोहोरो अंकमा रन बनाउन सकेनन् ।
नेपाल पहिलो खेलमा नेदरल्याण्ड्ससँग पराजित भएको थियो । शृंखलामा सबै टोलीले एकअर्कासँग ३-३ खेल खेल्ने छन् । प्रतियोगितामा नेपाल, नेदरल्याण्ड्स र थाइल्याण्ड सहभागी छन् ।