बिहीबार, १९ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो#नेपाल बार एसोसिएसन#अध्यक्ष प्राडा. विजयप्रसाद मिश्र#मन्त्री सोविता गौतम#मेलमिलापकर्ता#न्यायाधीश#दुर्घटना#प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष#यु-१९ महिला क्रिकेट#नेपालले हङकङलाई हरायो#मन्त्री खडकराज पौडेल#दमकलमा प्राविधिक समस्या#कागेश्वरी मनोहरा#दमकल सेवा #पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो#नेपाल बार एसोसिएसन#अध्यक्ष प्राडा. विजयप्रसाद मिश्र#मन्त्री सोविता गौतम#मेलमिलापकर्ता#न्यायाधीश#दुर्घटना#प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष#यु-१९ महिला क्रिकेट#नेपालले हङकङलाई हरायो#मन्त्री खडकराज पौडेल#दमकलमा प्राविधिक समस्या#कागेश्वरी मनोहरा#दमकल सेवा
अर्थतन्त्र

यस्तो छ आज विदेशी मुद्राको विनिमय दर

· आइतबार, २१ माघ, २०८१ मा प्रकाशित
यस्तो छ आज विदेशी मुद्राको विनिमय दर
काठमाडौँ, माघ २१ :

नेपाल राष्ट्र बैङ्कले आइतबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । 

राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १३८ रूपैयाँ २८ पैसा र बिक्रीदर १३८ रूपैयाँ ८८ पैसा कायम भएको छ ।

युरोपियन युरो एकको खरिददर १४३ रूपैयाँ ४८ पैसा र बिक्रीदर १४४ रूपैयाँ १० पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर १७१ रूपैयाँ ६० पैसा र बिक्रीदर १७२ रूपैयाँ ३४ पैसा, स्वीस फ्र्याङ्क एकको खरिददर १५१ रूपैयाँ ८२ पैसा र बिक्रीदर १५२ रूपैयाँ ४८ पैसा कायम गरिएको छ । 

अष्ट्रेलियन डलर एकको खरिददर ८५ रूपैयाँ ८९ पैसा र बिक्रीदर ८६ रूपैयाँ २६ पैसा, क्यानेडियन डलर एकको खरिददर ९५ रूपैयाँ ४१ पैसा र बिक्रीदर ९५ रूपैयाँ ८२ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०१ रूपैयाँ ८९ पैसा र बिक्रीदर १०२ रूपैयाँ ३३ पैसा निर्धारण गरिएको छ । 

जापानी येन १० को खरिददर आठ रूपैयाँ ९४ पैसा र बिक्रीदर आठ रूपैयाँ ९८ पैसा, चिनियाँ युआन एकको खरिददर १९ रूपैयाँ ०७ पैसा र बिक्रीदर १९ रूपैयाँ १५ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रूपैयाँ ८७ पैसा र बिक्रीदर ३७ रूपैयाँ ०३ पैसा, कतारी रियाल एकको खरिददर ३७ रूपैयाँ ९३ पैसा र बिक्रीदर ३८ रूपैयाँ ०९ पैसा कायम भएको छ । 

बैङ्कका अनुसार थाई भाट एकको खरिददर चार रूपैयाँ ११ पैसा र बिक्रीदर चार रूपैयाँ १३ पैसा, युएई दिराम एकको खरिददर ३७ रूपैयाँ ६५ पैसा र बिक्रीदर ३७ रूपैयाँ ८१ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३१ रूपैयाँ ०४ पैसा र बिक्रीदर ३१ रूपैयाँ १७ पैसा, साउथ कोरियन वन १०० को खरिददर नौ रूपैयाँ ५३ पैसा र बिक्रीदर नौ रूपैयाँ ५७ पैसा रहेको छ ।

स्वीडिस क्रोनर एकको खरिददर १२ रूपैयाँ ५० पैसा र बिक्रीदर १२ रूपैयाँ ५५ पैसा र डेनिस क्रोनर एकको खरिददर १९ रूपैयाँ २३ पैसा र बिक्री दर १९ रूपैयाँ ३१ पैसा तोकिएको छ । 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार