
न्यायपरिषद्को सदस्यमा सिफारिस दामोदर खड्काको नाम संसदीय सुनुवाइ समितिले सर्वसम्मत अनुमोदन भएको छ ।
सुनुवाई समितिको आइतबारको बैठकले न्यायपरिषद्को सदस्यमा सिफारिस खड्काले पेस गरेको अनुभव तथा कार्ययोजना सुनेपछि अनुमोदन गर्ने निर्णय गरेको हो ।
बैठकको निर्णय सुनाउँदै संसदीय सुनुवाई समिति सभापति ईश्वरीदेवी न्यौपानेले नियमावली २०८० को नियम २६ को उपनियम ५ बमोजिम अनुमोदन भएको बताइन्।
सदस्यमा सिफारिस खड्काले छिटो छरितो न्याय सम्पदानका लागि न्याय परिषद्को तर्फबाट पहल र सहजीकरण गर्ने बताए।
नेपाल बार एसोसिएसनले संसदीय सुनुवाईको लागि न्याय परिषद्को सदस्यमा खड्काको नाम सिफारिस गरेको थियो ।न्याय परिषदमा प्रधानन्यायाधीश, कानूनमन्त्री, सर्वोच्च अदालतका वरिष्ठतम न्यायाधीश र दुई सदस्य रहने संवैधानिक व्यवस्था छ।
ती दुई सदस्यमध्ये एकजना प्रधानमन्त्रीको सिफारिसमा र अर्को नेपाल बार एशोसिएशनको सिफारिसमा नियुक्त हुने व्यवस्था रहेको छ।