सोमबार, ९ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#लुम्बिनी विकास कोष#उपाध्यक्ष आनी छोइङ डोल्मा#नागरिकताको प्रतिलिपि#रसुवा बाढी पीडित#मनिष पण्डित#चलचित्र विकास बोर्डको अध्यक्ष#बडादसैं सकियो#सरकारी कार्यालयहरु खुले#मानुङकोट#तनहुँको पर्यटकीय गन्तव्य#मन्त्री प्रतिभा रावल#मौसम पूर्वानुमान#वर्षा र हिमपात#महामन्त्री प्रदीप पौडेल#बाबातालको संरक्षण#पर्यटन प्रवर्द्धन#विपद् जोखिम न्यूनीकरण प्राधिकरण #लुम्बिनी विकास कोष#उपाध्यक्ष आनी छोइङ डोल्मा#नागरिकताको प्रतिलिपि#रसुवा बाढी पीडित#मनिष पण्डित#चलचित्र विकास बोर्डको अध्यक्ष#बडादसैं सकियो#सरकारी कार्यालयहरु खुले#मानुङकोट#तनहुँको पर्यटकीय गन्तव्य#मन्त्री प्रतिभा रावल#मौसम पूर्वानुमान#वर्षा र हिमपात#महामन्त्री प्रदीप पौडेल#बाबातालको संरक्षण#पर्यटन प्रवर्द्धन#विपद् जोखिम न्यूनीकरण प्राधिकरण
समाचार कोसी प्रदेश

झापामा बन्दकर्ता र प्रहरीबीच झडप , प्रहरीबाट अश्रुग्यास प्रहार

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · आइतबार, २१ माघ, २०८१ मा प्रकाशित
झापामा बन्दकर्ता र प्रहरीबीच झडप , प्रहरीबाट अश्रुग्यास प्रहार
झापा, माघ २१ :

पाथीभरामा केबलकार निर्माणको विषयलाई लिएर केही दिनयत त्यस क्षेत्रमा तनाव सिर्जना भएको छ । केबलकार निर्माण गर्न हुन्न भन्ने पक्षले बन्दको आह्वान गर्दा सर्वसाधारणले सास्ती खेप्नु परेको छ । 

यसै क्रममा झापाको दमकमा आइतबार बन्दकर्ता र प्रहरीबीच झडप भएको छ । आन्दोलनरत पक्षले ढुङ्गा हानेर सवारी साधन तोडफोड गर्न थालेपछि प्रहरी र बन्दकर्ताबीच झडप भएको हो। 

झापाका प्रहरी प्रमुख एसपी मिलन केसीले बन्दकर्ताबाट सवारीसाधन र  प्रहरीमाथि ढुंगामुढा प्रहार हुन थालेपछि भिडलाई तितरबितर गर्न एक सेल अश्रुग्यास प्रहार गरेको दाबी गरेका छन् । तर, बन्दकर्ताहरुले भने प्रहरीले दुई राउन्ड हवाइ फायर गरेको बताएका छन्। 

आन्दोलनरत पक्षले गाडीमा तोडफोड गर्न थालेपछि प्रहरी र प्रदर्शनकारीबीच झडप भएको हो। बन्दकर्ताले दुई वटा सवारी साधनमा तोडफोड गरेको  प्रहरी उपरीक्षक मिलन केसीले जानकारी दिए।

धरान र झापाबाट १३ जना बन्दकर्तालाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ। पहिचान पक्षधरहरुले मुक्कुम्लुङ क्षेत्रमा केबलकार निर्माण गर्न नहुने भन्दै चरणवद्ध आन्दोलनको घोषणा गरेका छन् ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार