काठमाडौँ, माघ २२ :

हाल देशमा कुनै पनि मौसमी प्रणालीको सक्रिय प्रभाव रहेको छैन ।

आज बिहान देशका पहाडी तथा हिमाली भू- भागको मौसम मुख्यतया सफा रहेको छ ।

तराईका धेरै स्थानहरूमा हुस्सु र कुहिरो लागेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

तराईका भूभागमा लागेको हुस्सु र कुहिरो मध्याह्नपछि क्रमिक रूपमा  सुधार हुँदै जाने महाशाखाले जनाएको छ ।

आज दिउँसो देशभरिको मौसम सफा रहने पूर्वानुमान छ ।

त्यस्तै, आज राति लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहने महाशाखाको पूर्वानुमान छ ।

बिहान हुस्सु र कुहिरोको प्रभावले तराई भू- भागको दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा प्रभाव पर्न सक्ने हुँदा त्यसबाट हुन सक्ने असरबाट समेत बच्न आवश्यक उपायहरू तथा सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।