कालिमाटी फलफूल तरकारी विकास समितिले आजका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ ।
समितिका अनुसार आज गोलभेँडा ठूलो भारतीय प्रतिकेजी ७०, गोलभेँडा सानो भारतीय प्रतिकेजी ३५, गोलभेँडा सानो तराई प्रतिकेजी ३०, आलु रातो प्रतिकेजी ४०, आलु रातो भारतीय प्रतिकेजी ३४, प्याज सुकेको भारतीय प्रतिकेजी ६५, गाँजर लोकल प्रतिकेजी ५०, गाँजर तराई प्रतिकेजी ३०, काउली स्थानीय प्रतिकेजी १२, स्थानीय काउली ज्यापु प्रतिकेजी १८, काउली तराई प्रतिकेजी १५ रुपैयाँ कायम भएको छ ।
यसैगरी, तिते करेला प्रतिकेजी ११०, लौका प्रतिकेजी ५०, फर्सी पाकेको प्रतिकेजी ५०, फर्सी हरियो लाम्चो प्रतिकेजी २०, हरियो फर्सी डल्लो प्रतिकेजी २०, सलगम प्रतिकेजी १००, भिण्डी प्रतिकेजी १००, सखरखण्ड प्रतिकेजी ८०, बरेला प्रतिकेजी ४०, पिँडालु प्रतिकेजी ९०, स्कूस प्रतिकेजी ४०, रायो साग प्रतिकेजी १२, पालुङ्गो साग प्रतिकेजी ४५, चम्सुरको साग ४५, तोरीको साग प्रतिकेजी २५, मेथीको साग प्रतिकेजी ४०, प्याज हरियो प्रतिकेजी ४०, बकुला प्रतिकेजी ७०, तरुल प्रतिकेजी ९०, च्याउ कन्य प्रतिकेजी ८०, च्याउ डल्ले प्रतिकेजी ३८० निर्धारण गरिएको छ ।
समितिले स्याउ झोले प्रतिकेजी २६०, स्याउ फूजी प्रतिकेजी ३००, केरा दर्जन १७०, कागती प्रतिकेजी १६०, अनार प्रतिकेजी ४००, अङ्गुर हरियो प्रतिकेजी २४०, अङ्गुर कालो प्रतिकेजी ३८०, सुन्तला नेपाली प्रतिकेजी १३५, सुन्तला भारतीय प्रतिकेजी १००, जुनार प्रतिकेजी ११०, किबी प्रतिकेजी २५०, आभोकाडो प्रतिकेजी २५०, अमला प्रतिकेजी ७० रुपैयाँ निर्धारण गरिएको छ ।
यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?
सम्बन्धित समाचार
थप समाचार
इनम सापकोटाको मोबाइल दुई दिनसम्म प्रधानमन्त्रीको सल्लाहकारको निवासमा कसरी पुग्यो?
प्रधानमन्त्रीलाई सुरक्षा प्रमुखबाट ‘ब्रिफिङ’: नागरिकको सुरक्षामा कमजोरी नगर्न निर्देशन
कामपाले स्वदेशी फूल बिक्री गर्न ३३ स्थान तोक्यो, प्लाष्टिकजन्य माला बिक्री गर्न निषेध