बुधबार, १४ असोज २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
समाचार खेलकुद क्रिकेट

सन्दीप सम्मिलित टोली पराजित

· शुक्रबार, १२ साउन, २०८१ मा प्रकाशित
सन्दीप सम्मिलित टोली पराजित

काठमाडौं, साउन ११: नेपाली लेग स्पिनर सन्दीप लामिछाने सम्मिलित भ्यानकुभर नाइट्स टि ट्वान्टी क्यान्डा क्रिकेट लिगमा पराजित भएको छ । सन्दीपको अलराउन्ड प्रदर्शनका बाबजुद ग्लोबल टी-२० क्यान्डा क्रिकेट लिगमा भ्यानकुभर नाइट्स पराजित भएको छ। शुक्रबार बिहान सम्पन्न खेलमा टोरन्टो नेसनल्ससँग भ्यानकुभर नाइट्स ८ विकेटले पराजित भएको हो। 
सन्दीपले नौ बलमा तीन चौकासहित १५ रन बनाउनुका साथै चार ओभरमा २९ रन दिएर एक विकेट लिएका थिए।तर, भ्यानकुभर नाइट्सले दिएको १११ रनको लक्ष्य टोरन्टो नेसनल्सले १४.४ ओभरमा दुई विकेट गुमाउँदै पूरा गर्‍यो। टोरन्टो नेसनल्सका कप्तान कोलिन मुनरोले सर्वाधिक ४४ रन बनाए। ३९ बल खेलेका उनले तीन चौका र तीन छक्का प्रहार गरे। उन्मुक्त चन्द २३ आउट हुँदा रासिइ भान डार डुसेन ३१ र निकोलस किर्टन चार रनमा अविजित रहे।
सन्दीपले उन्मुक्तलाई एडबीडब्ल्यु आउट गरे। मुनरो पाउल भान मिकरेनको बलमा आउटमा भए।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार