शनिबार, ७ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
समाचार स्वास्थ्य

बागलुङको बडिगाडमा १५ शय्याको अस्पताल भवन निर्माण

· बिहीबार, ३२ साउन, २०८१ मा प्रकाशित
बागलुङको बडिगाडमा १५ शय्याको अस्पताल भवन निर्माण
बागलुङ, साउन ३२ :

बागलुङको बडिगाड गाउँपालिका-५ ग्वालीचौरमा १८ करोडको लागतमा १५ शय्याको अस्पताल भवन निर्माण भएको छ । 

सङ्घीय सरकारको लगानीमा निर्मित उक्त भवनबाट आगामी कात्तिकदेखि सेवा सञ्चालन गर्ने तयारीमा जुटेको गाउँपालिकाकी अध्यक्ष गण्डकी थापाले बताउनुभयो ।

अस्पताल सञ्चालनमा आएपछि स्थानीय बुर्तिबाङ, पोखरा, काठमाडौँ, पाल्पालगायत स्थानमा उपचारका लागि जानुपर्ने बाध्यता हट्ने उहाँले बताउनुभयो ।

गाउँपालिकाले सबै वडामा स्वास्थ्यचौकी र सामुदायिक स्वास्थ्य एकाइ स्थापना गरेर सामान्य रोगको उचार गर्दै आएको छ । 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार