सोमबार, ९ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#लुम्बिनी विकास कोष#उपाध्यक्ष आनी छोइङ डोल्मा#नागरिकताको प्रतिलिपि#रसुवा बाढी पीडित#मनिष पण्डित#चलचित्र विकास बोर्डको अध्यक्ष#बडादसैं सकियो#सरकारी कार्यालयहरु खुले#मानुङकोट#तनहुँको पर्यटकीय गन्तव्य#मन्त्री प्रतिभा रावल#मौसम पूर्वानुमान#वर्षा र हिमपात#महामन्त्री प्रदीप पौडेल#बाबातालको संरक्षण#पर्यटन प्रवर्द्धन#विपद् जोखिम न्यूनीकरण प्राधिकरण #लुम्बिनी विकास कोष#उपाध्यक्ष आनी छोइङ डोल्मा#नागरिकताको प्रतिलिपि#रसुवा बाढी पीडित#मनिष पण्डित#चलचित्र विकास बोर्डको अध्यक्ष#बडादसैं सकियो#सरकारी कार्यालयहरु खुले#मानुङकोट#तनहुँको पर्यटकीय गन्तव्य#मन्त्री प्रतिभा रावल#मौसम पूर्वानुमान#वर्षा र हिमपात#महामन्त्री प्रदीप पौडेल#बाबातालको संरक्षण#पर्यटन प्रवर्द्धन#विपद् जोखिम न्यूनीकरण प्राधिकरण
समाचार कोसी प्रदेश

केबलकार विरोधीको बन्दका पूर्वका ९ जिल्लाको जनजीवन अस्तव्यस्त , काठमाडौंमा वार्ता चल्दै

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · मंगलबार, २३ माघ, २०८१ मा प्रकाशित
केबलकार विरोधीको बन्दका पूर्वका ९ जिल्लाको जनजीवन अस्तव्यस्त , काठमाडौंमा वार्ता चल्दै
ताप्लेजुङ, माघ २३ :

ताप्लेजुङको पाथिभरा क्षेत्रमा  केबलकार निर्माणविरुद्ध आन्दोलनरत समूहको बन्दका पूर्वका ९ जिल्लाको जनजीवन अस्तव्यस्त बन्न पुगेको छ । 

‘नो केबलकार’ समूहलगायत विभिन्न संगठनहरूले आह्वान गरेको कोशी प्रदेशका ९ जिल्लामा यातायात बन्दका कारण पहाडको जनजीवन अस्तव्यस्त बन्दै गएको हो ।

विगत केही दिनदेखिको बन्दका कारण पूर्वी पहाडको जनजीवन अस्तव्यस्त बन्दै गएको छ।मेची राजमार्गलगायत पहाड जोड्ने अन्य राजमार्गहरूमा यातायातका साधन चलेका छैनन् ।

बन्दकर्ताहरूले  राति मेची राजमार्ग अन्तरगत पॉचथरको जोरपोखरी –गोपेटार खण्डमा रुख ढालेर  सडक अवरुद्ध गरेका छन् । जसका कारण विरामी लिएर आएका एम्बुलेन्सलाई समेत अठ्यारो परेको छ ।चारवटा रुख ढालेर बाटो अवरुद्ध गरिएकाले सुत्केरी व्यथाले चापेकी ती महिलालाई पुनः गोपेटार फर्काइएको छ ।

यसैबीच, सरकारद्वारा गठित वार्ता टोली र आन्दोलनरत पक्षका वार्ता टोलीबीच आज पनि वार्ता हुँदैछ । सोमबारको वार्ता सकारात्मक भए पनि विनानिष्कर्ष टुंगिएको थियो।

आन्दोलनरत पक्षले केबलकार निर्माणको सबै प्रक्रिया खारेजी र पक्राउ परेकालाई रिहा गर्नुपर्नेलगायत माग अघि सारेका छन् ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार