
त्रिकोणात्मक टी-ट्वेन्टी शृङ्खलाअन्तर्गतको आज थाइल्यान्ड र नेपालबीच खेल भइरहेको छ ।
कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा जारी खेलमा थाइल्यान्डकी कप्तान नरौमोल चाइवाइले टस जित्दै पहिले ब्याटिङ गर्ने निर्णय लिएपछि अहिले नेपालले बलिङ गरिरहेको छ ।
प्रतियोगितामा नेपालले यसअघि खेलेका तीनवटै खेलमा पराजित बेहोरेको छ । नेपाल पहिलो र तेस्रो खेलमा नेदरल्यान्ड्ससँग र दोस्रो खेलमा थाइल्यान्डसँग पराजित भएको थियो ।
थाइल्यान्ड भने तीनवटै खेलमा अपराजित छ । पहिलो र तेस्रो खेलमा नेदरल्यान्ड्सलाई हराएको थाइल्यान्डले दोस्रो खेलमा नेपाललाई पराजित गरेको थियो ।
आजको खेलमा नेपालको प्लेइङ ११ मा कप्तान इन्दु बर्मासहित विन्दु रावल, सम्झना खड्का, ममता चौधरी, पूजा महतो, रुविना क्षेत्री, कविता जोशी, रोमा थापा, मनीषा उपाध्याय, अलिसाकुमारी यादव र रचना चौधरी छन् ।