शुक्रबार, २३ असोज २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#सुन बरामद#एक्सरसाइज क्यामब्रियान पट्रोल#बिजुलीको बिल#स्मार्ट पे रिवार्ड#दुर्गा प्रसाईं#नेपाल पथ पार्टी#निर्वाचन आयोगविरुद्ध प्रदर्शन#राष्ट्रिय भेला आयोजना गर्ने#नेकपा एमाले#बसाइँ र खानपिन खर्च#नवराज सुवेदी#क्षतिपूर्ति दिन सिफारिस#राष्ट्रिय मानव अधिकार आयोग#प्रकाशमान सिंह#लुटपाट#गिरोह #सुन बरामद#एक्सरसाइज क्यामब्रियान पट्रोल#बिजुलीको बिल#स्मार्ट पे रिवार्ड#दुर्गा प्रसाईं#नेपाल पथ पार्टी#निर्वाचन आयोगविरुद्ध प्रदर्शन#राष्ट्रिय भेला आयोजना गर्ने#नेकपा एमाले#बसाइँ र खानपिन खर्च#नवराज सुवेदी#क्षतिपूर्ति दिन सिफारिस#राष्ट्रिय मानव अधिकार आयोग#प्रकाशमान सिंह#लुटपाट#गिरोह
राजनीति गण्डकी प्रदेश

देउवाले गरे ओलीको बखान, कामको भन्दा जेलकै चर्चा !

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · मंगलबार, २३ माघ, २०८१ मा प्रकाशित
देउवाले गरे ओलीको बखान, कामको भन्दा जेलकै चर्चा !
कास्की, माघ २३ :

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वर्तमान प्रधानमन्त्री केपी ओलीको प्रशंसा गरेका छन् । 

पोखरामा सोमबारदेखि सुरु भएको जिल्ला पार्टी सभापति र जिल्ला प्रशिक्षण प्रमुखहरूका लागि आयोजना गरिएको अभिमुखीकरण कार्यक्रम उद्घाटन गर्दै देउवाले ओलीको प्रशंसा गरेका हुन् ।

उनले देशको विकासका लागि ओली स्पष्ट भएपछि सँगै गठबन्धन गरेको प्रस्ट्याए । तर, देउवाले देशमा जुन विकास हुनुपर्ने हो त्यो गतिमा नभएकाले अझै गर्न बाँकी रहेको पनि बताए ।

त्यसो त ओलीले पनि बेलाबखत सार्वजनिक कार्यक्रमहरुमा देउवाको पनि प्रशंसा गर्ने गरेका छन् । उनले ओली सरकारले गरेका कुनै कामभन्दा पनि जेलनेलमा बसेर भोगेका कुराको चर्चा बढी गरे ।

ओली नेतृत्वको वर्तमान सरकारले सोचेअनुरुप काम गर्न नसकेको भन्दै आलोचना भइरहँदा देउवाले भने खुलेर प्रशंसा गरेका हुन् ।

सत्ता गठबन्धन गर्दा आलोपालो सरकारको नेतृत्व गर्ने सहमतिबमोजिम अबको केही महिनापछि देउवाले सरकार चलाउँदै छन् । उनको नेतृत्वको सरकारले पनि काम जे जसो गर्ला त्यो आफ्नो ठाउँमा छ । ओलीले भने पक्कै पनि यसरी नै प्रशंसा गर्ने निश्चित छ ।

उनले भने,  'ओली र म सँगै जेलमा बसेको साथी हौँ । धेरै दु:ख, कष्ट थियो, छुट्ने सम्भावना हुँदैनथ्यो । हामी मुख्य प्रतिस्पर्धी हौँ, तर पनि केपी ओलीलाई अविश्वास गर्नुपर्ने कुरा छैन ।' देशका लागि ओलीले पनि धेरै दु:ख गरेको देउवाले सुनाए ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार